बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • युरोकप २०२४: टर्की र नेदरल्याण्डस् क्‍वाटरफाइनलमा प्रवेश


    हुलाक प्रेस

    • बुधबार, असार १९ २०८११०:४२
    युरोकप २०२४: टर्की र नेदरल्याण्डस् क्‍वाटरफाइनलमा प्रवेश

    जर्मनीको लाइप्जिगमा हुँदै गरेको युरोपेली च्याम्पियनसिपमा अष्ट्रियालाई टर्कीले हराउँदै क्‍वाटरफाइनलमा प्रवेश गरेको छ।

    टर्कीले २-१ को अन्तरले जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो।

    टर्कीको जितका लागि डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए। अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ।

    यस्तै हिजै राती भएको अर्को खेलमा रोमानियालाई हराउँदै नेदरल्याण्ड्स पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ। म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी हुँदै क्‍वाटरफाइनलमा प्रवेश गरेको हो ।

    अब नेदरल्यान्ड्सले क्वाटरफाइनलमा टर्कीको सामना गर्नेछ। यसअघि नेदरल्यान्ड्सले रोमानियामाथि ३-० को जित दर्ता गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो।

    अन्य क्वाटरफाइनलमा स्पेनले जर्मनी, इंग्ल्यान्डले स्विटजरल्यान्ड तथा फ्रान्सले पोर्चुगलको सामना गर्नेछन् ।


    प्रतिक्रिया दिनुहोस