बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते


    हुलाक प्रेस

    • आइतबार, कात्तिक १९ २०८००८:०७
    डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

    काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् ।

    आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

    दुर्घटनामा ज्यान गुमाउनेमा बाजुराको हिमाली गाउँपालिका- ५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना रहेका छन् ।

    घाइते हुनेमा हिमाली गाउँपालिका- ५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय  दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल रहेको प्रहरीले जनाएको छ । उनीहरू मध्ये विमलाको अवस्था गम्भीर रहेको छ ।

    घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ भने चालक गौमुल गाउँपालिका-४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • प्रतिक्रिया दिनुहोस