शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • यी स्थानमा हुनेछ आज धेरै वर्षा


    हुलाक प्रेस

    • शुक्रबार, असार २१ २०८१०८:४४
    यी स्थानमा हुनेछ आज धेरै वर्षा

    काठमाडौं । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । काेसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर साधारणदेखि पूर्ण बदली रहेको छ ।  

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 


    प्रतिक्रिया दिनुहोस