बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सातामा सुनको मूल्य तोलामा २ हजार ६ सयले बढ्यो


    हुलाक प्रेस

    • शुक्रबार, असार २१ २०८११२:५६
    सातामा सुनको मूल्य तोलामा २ हजार ६ सयले बढ्यो

    काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । पछिल्लो एक साताको तथ्यांक हेर्दा सुनको मूल्य तोलामा २६ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गएको साताको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस दिन चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । गएको साताको शुक्रबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।


    प्रतिक्रिया दिनुहोस