बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रेम आलेले गरे समाजवादीको महाधिवेशन बहिष्कार,स्वतन्त्र भएर जनताको काम गर्ने घोषणा


    हुलाक प्रेस

    • शुक्रबार, असार २१ २०८१०५:३१
    प्रेम आलेले गरे समाजवादीको महाधिवेशन बहिष्कार,स्वतन्त्र भएर जनताको काम गर्ने घोषणा

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आले पार्टीको महाधिवेशन बहिष्कार गरेका छन् । पार्टीको महाधिवेशन हुँदा भारत भ्रमणमा रहेका नेता आलेले अब एकीकृत समाजवादीमा नबस्ने घोषणा गरेका छन् ।

    'अब म नेकपा एकीकृत समाजवादीको पार्टीमा फर्कन्न म स्वतन्त्र हैसियतमा बसेर जनताको काम गर्छु, नेता आलेले भने, 'मैले माधव नेपाललाई पनि तपाईको पार्टीमा नबस्ने भनेर संसदीय दलको बैठकमै जानकारी गराइसकेकोछु ।' कुनै कार्यदिशा नभएको पार्टीमा बस्नुको कुनै अर्थ छैन अबको चुनावमा समाजवादी जनमोर्चाको हैसियतमा नरहने नेता आलेले ठोकुवा गरे । माधव नेपालले भेट्न आउँछु भन्दा मलाई अब भेट्न जरुरी छैन भनेर खबर गरेको उनले बताए । 'संसदीय दलको बैठकमा एकीकृत समाजवादीका अध्यय नेपालले मेरो फोन किन नउठाउनु भएको भनेर प्रश्न गर्दा तपाईको फोन नम्बर छैन भनेर आफूले जवाफ दिए, नेता आलेले भने, 'म सँग अशोक राई, प्रदिप यादवको नम्बर छ तपाईको छैन भनेर जवाफ फर्काएपछि माधव नेपाल नाजवाफ भए ।'

    एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा आलेको नाम समेटिएको छैन । उनी आठ महिनाअघिदेखि नै पार्टीमा सक्रिय नभएको भन्दै अब माधव नेपालको पार्टीमा नबस्ने बताउँछन् । 

    भविष्यमा अरु राजनीतिक दलमा पनि नलाग्ने भन्ने प्रश्नमा उनले भविष्यमा जे पनि हुनसक्ने बताए । कम्युनिष्ट पार्टीमा सक्रिय हुने हो वा डेमोक्र्याट पनि हुने भन्ने प्रश्नमा उनले कुनै विचार बनाएर आफू नबसेको बताए । “भोलि म डेमोक्र्याट पनि हुनसक्छु कम्युनिष्ट पनि हुनसक्छु,” आलेले भने, “अहिलेलाई म स्वतन्त्र छु ।”


    प्रतिक्रिया दिनुहोस