काठमाडौं । कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने तयारीमा रहेको नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दिएको जानकारीअनुसार असार २३ गते आइतबार बिहान १० बजे बस्नेगरी संसदीय दलको बैठक बोलाइएको हो ।
नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्ने बैठकमा सबै सांसदलाई उपस्थितिका लागि एमालेले निर्देशन दिएको छ ।