शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • दोलखामा बाढीले तीन घर बगायो, एक जना वेपत्ता


    हुलाक प्रेस

    • शनिबार, असार २२ २०८१०४:३५
    दोलखामा बाढीले तीन घर बगायो, एक जना वेपत्ता

    दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९, डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् । बाढीले तीन घर बगाएको छ ।

    शुक्रबार राति रोल्वालिङ खोलाको बाढीमा परी रोल्वालिङ पदमार्ग डोडाङमा होटेल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशंकर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए । बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।

    छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि डोडाङमा होटेल व्यवसाय गर्दै आएकी थिइन् । रासस


    प्रतिक्रिया दिनुहोस