शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुकुम्बासी बस्तीको तस्बिर राख्दै ओलीलाई बालेनले भने- गिरीबन्धु टी स्टेटमा १५ हजार परिवार राखौँ


    हुलाक प्रेस

    • शनिबार, असार २२ २०८११०:२०
    सुकुम्बासी बस्तीको तस्बिर राख्दै ओलीलाई बालेनले भने- गिरीबन्धु टी स्टेटमा १५ हजार परिवार राखौँ

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँमा सुकुम्बासी बस्तीका स्थानीयले शनिबार दिउँसो वर्षापछि भोग्न परेका तस्बिरसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नै प्रश्न गरेका छन् । 

    सामाजिक सञ्जालमार्फत् शनिबार साँझ मेयर बालेनले सुकुम्बासी बस्तीको उचित व्यवस्थापन गर्नेतर्फ सोच्ने कि भोटको राजनीति गरिरहने? भन्दै प्रश्न गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई अब चाँडै दुई तिहाइसहितको बहुमतमा प्रधानमन्त्री बन्न लागेको भन्दै उनले समस्या समाधानको बाटो खोज्नेमा आशावादी भएको पनि बताएका छन् । 

    बालेनले सुकुम्बासी बस्तीमा खोला नपसेको भन्दै खोलाले आफ्नो बाटो खोजेको उल्लेख गरेका छन् । ‘आज एक दिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो?’ उनले प्रश्न गरेका छन् । 

    बालेनले अघि प्रश्न गरेका छन्, ‘ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ?’

    काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेको भन्दै उनले गिरिबन्धु टी स्टेटमा यस्ता १५ हजार व्यवस्थापन हुनसक्ने पनि बताएका छन् । 

    ‘तपाईंले पचाउन खोज्नु भएको गिरिबन्धुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ,’ बालेनले भनेका छन् ।

     


    प्रतिक्रिया दिनुहोस