शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • देशको कुन-कुन ठाउँमा छ आज भारी वर्षाको सम्भावना ?


    हुलाक प्रेस

    • आइतबार, असार २३ २०८१०९:४३
    देशको कुन-कुन ठाउँमा छ आज भारी वर्षाको सम्भावना ?

    काठमाडौं । आज आइतबार बिहान पनि देशका विभिन्न स्थानका साथै राजधानी काठमाडौंमा पनि वर्षा जारी रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।  मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै सरदर स्थानको उत्तरमा रहेको बुलेटिनमा उल्लेख छ । 

    आज देशभर सामान्यतया पूर्ण  बदली रहेको र कोसी, वाग्मती, गण्डकी,  लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई  स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । 

    आज दिउँसो पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाइएको छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र  कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरैभारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।  

    साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका  एक–दुई  स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ । आज राति  देशभर सामान्यतया पूर्ण रुपमा  बदली रहने र मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।  


    प्रतिक्रिया दिनुहोस