शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मोहना नदीमा जलसतह सतर्कता तहमाथि, दिउँसोसम्म सुरक्षित स्थानमा बस्न आग्रह


    हुलाक प्रेस

    • सोमबार, असार २४ २०८१०९:१८
    मोहना नदीमा जलसतह सतर्कता तहमाथि, दिउँसोसम्म सुरक्षित स्थानमा बस्न आग्रह

    काठमाडौं । कैलालीको मोहना नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । जिल्लाको मालाखेती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह (३ मिटर) पार गरेको हो । 

    जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरूले साँझसम्म उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    पछिल्लो २४ घण्टामा कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश  स्थानमा अति भारी वर्षा मापन भएको छ । कञ्चनपुरको विभिन्न स्वचालित वर्षामापन केन्द्रहरूमा पछिल्लो २४ घण्टामा दोधारामा ५८८ मिलिमिटर, सुन्दरपुरमा ४०९ मिलिमिटर र हन्माननगरमा ५५८ मिलिमिटर वर्षा भएको छ । 

    वर्षा भइरहेकाले कञ्चनपुरको बाढी र डुवान भइरहने स्थानमा रहनेहरूलाई दिउँसोसम्म सुरक्षित स्थानमा बस्न विभागले आग्रह गरेको छ । 
     


    प्रतिक्रिया दिनुहोस