शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नेपालमा ७७ वर्षयताकै भारी वर्षा, कहाँ भयो धेरै वर्षा ?


    हुलाक प्रेस

    • सोमबार, असार २४ २०८१०९:३०
    नेपालमा ७७ वर्षयताकै भारी वर्षा, कहाँ भयो धेरै वर्षा ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा भएको वर्षा हालसम्मकै नेपालमा भएको सबैभन्दा ठूलो वर्षा हो । नेपालमा वर्षामापन हुन थालेयताकै सबैभन्दा धेरै वर्षा पछिल्लो २४ घण्टामा कञ्चनपुरमा भएको हो । 

    कञ्चनपुरका विभिन्न स्वचालित वर्षामापन केन्द्रहरूमा पछिल्लो २४ घण्टामा दोधारामा ५८८ मिलिमिटर, हन्माननगरमा ५५८ मिलिमिटर र सुन्दरपुरमा ४०९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    नेपालमा वर्षामापन गर्न थालेको ७७ वर्षयताकै यो सबैभन्दा ठूलो वर्षा हो । कञ्चनपुरमा भएको वर्षाले हालसम्म नेपालमा भएका सबै वर्षाको रेकर्ड तोडेको छ । 

    यसअघि नेपालमा सबैभन्दा धेरै वर्षा भएको जिल्ला मकवानपुर हो । २०१७ अगस्ट १३ मा मकवानपुरमा ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो । यो नै यसअघिको नेपालमा भएको धेरै वर्षाको रेकर्ड थियो । 

    कञ्चनपुरको महेन्द्रनगरमा भने यसअघि सबैभन्दा धेरै वर्षा सन् २००९ मा भएको थियो । २००९ अक्टोबर ५ मा महेन्द्रनगर वर्षा मापन केन्द्रमा ३०९.५ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ । Mahalekha-niyantrak.jpg


    प्रतिक्रिया दिनुहोस