शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नक्कली कागजातबाट ऋण लिएकालाई महानयायाधिवक्ताको उन्मुक्ति, विशेषबाट दोषी ठहर


    हुलाक प्रेस

    • सोमबार, असार २४ २०८१०९:३८
    नक्कली कागजातबाट ऋण लिएकालाई महानयायाधिवक्ताको उन्मुक्ति, विशेषबाट दोषी ठहर

    काठमाडौं । दुई वर्षअघि तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुद्दा नचल्ने भनी उन्मुक्ति दिएका व्यक्तिहरु सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् ।

    विशेष अदालतले गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने काममा संलग्नहरुलाई सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर गरेको हो ।

    महान्यायाधिवक्ता खातीले बैंकिङ कसुरको आरोपबाट उन्मुक्ति दिएका व्यक्तिहरु विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नक्कली धितो र ऋणका आधारमा गैरकानुनी सम्पत्ति कमाएको आरोपमा मुद्दा दायर गरेको थियो ।

    विशेष अदालतले सम्पत्ति शुद्धीकरण गरेको आरोपमा शोभा शाक्य, रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, कुशन प्रधानलाई दोषी ठहर गरेको हो । विशेष अदालतले आरोपीहरू अनुजमणि तिमिल्सिना र स्मृति जोशीलाई भने सफाइ दिएको छ ।

    विशेष अदालतका सदस्य डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरुलाई सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहर गरेको हो ।

    नक्कली कागजातका आधारमा ऋण लिएको र त्यो रकम दुरुपयोग गरेको आरोपमा उनीहरुमाथि मुद्दा चलेको थियो । उनीहरुलाई हुने जरिवाना र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्ने भन्दै विशेष अदालतले आगामी आइतबार (३० असार)मा पेसी तोकेको छ ।


    प्रतिक्रिया दिनुहोस