शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • एक करोड ८९ लाख बराबरका सामान बरामद


    हुलाक प्रेस

    • सोमबार, असार २४ २०८१०१:५३
    एक करोड ८९ लाख बराबरका सामान बरामद

    वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले बिलबिजनक नभएको रु एक करोड  ८९ लाख ५० हजार छ सय २२ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले दुई वटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानुनी प्रक्रिया पुर्याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए ।
     
    प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुई वटा ट्रकबाट सो समान बरामद गरेको हो । 
    रासस


  • सम्बन्धित विषय:

  • # #nepalpolice
  • # #crime
  • प्रतिक्रिया दिनुहोस