बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो


    हुलाक प्रेस

    • सोमबार, असार २४ २०८१०२:११
    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

    मकवानपुर । बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहिरिएको छ ।

    उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी सबै पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पेस गरेका छन् । 

    एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनमा दिएका हुन् ।

    केन्द्रमा नेपाली कांग्रेस र एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो । रासस


  • सम्बन्धित विषय:

  • # #bagmatipradesh
  • प्रतिक्रिया दिनुहोस