काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो चौथो विकेट गुमाएको छ ।
ओमानको चौथो विकेट अविनाष बोहराले लिएका हुन् । उनले ओमानका प्रभावशाली ओपनर ब्याट्सम्यान कश्यप प्रजापतीलाई आउट गराएका हुन् । अविनाषले कश्यपलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराए ।