काठमाडौं । कञ्चनपुरमा जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु हुनाको साथै एक बेपत्ता भएकी छन्।
मृत्यु हुनेमा पुनर्वास नगरपालिका–५ की १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए।
सोमाबार दिउँसो कञ्चनपुर पुनर्वास नगरपालिका-५ गाउँमा पानी जमेको ठाउँमा नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु भएको हो।
बेपत्ता किशोरी आरतीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।