बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रुसद्वारा युक्रेनको राजधानीमै आक्रमण, बाल अस्पतालमा ३१ जनाको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, असार २४ २०८११०:१०
    रुसद्वारा युक्रेनको राजधानीमै आक्रमण, बाल अस्पतालमा ३१ जनाको मृत्यु

    किभिभ । रुसले युक्रेनको राजधानीमा रहेको एउटा बालबालिकाको अस्पतालमा मिसाइल आक्रमण गरेको छ । आक्रमणबाट अस्पतालमा रहेका दुई जनाको मृत्यु भएको छ । अन्य विभिन्न ठाउँमा गरिएका आक्रमणमा ३१ जनाको मृत्यु भएको जनाइएको छ ।

    स्थानीय ओहमाटिड अस्पतालमा भएको आक्रमणमा ठूलो क्षति भएको तस्बिरहरूमा देखिन्छ । आक्रमणपछि बालबालिकालाई बाहिर सारिएको छ ।

    पोल्यान्ड भ्रमणमा गएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको निन्दा गरेका छन् ।

    आक्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मस्को भ्रमणका क्रममा भएको छ । आजै मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    बीबीसीबाट ।

     


    प्रतिक्रिया दिनुहोस