शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुनसरी र मोरङमा तीन घण्टादेखि भारी वर्षा


    हुलाक प्रेस

    • मंगलबार, असार २५ २०८१०८:१३
    सुनसरी र मोरङमा तीन घण्टादेखि भारी वर्षा

    काठमाडौं । सुनसरी र मोरङमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टायता भारी वर्षा भएको हो । 

    सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ, हरैंचा, बाउने र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । 

    थप हुने देखिएकाले सेउती, सर्दू, सुनसरी खोला, बूढीखोला, खेसलिया, लोहन्द्रा खोला, चिसाङलगायत सुनसरी मोरङ भएर बग्ने खोलामा आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । 


    प्रतिक्रिया दिनुहोस