शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोको जोखिममा जाजरकोट च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो


    हुलाक प्रेस

    • मंगलबार, असार २५ २०८१०८:३०
    पहिरोको जोखिममा जाजरकोट च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो

    सुर्खेत । भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले उक्त स्थानलाई बस्न जोखिम बनाएको थियो । 

    जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा उक्त गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो ।  
    कार्यालयका प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले भेरी–१ च्याउपानीका पहिरोको उच्च जोखिममा रहेका  ११ घरपरिवारलाई अन्यत्र सारिएको जानकारी दिए । ती मध्ये ६ परिवारलाई भेरी–१ मेदेगाउँको खुला चौर र अन्यलाई आफन्तकहाँ तत्कालका लागि बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष दीपक रानाले बताए । 

    यातायात सेवा अवरुद्ध
    चार दिनदेखि अवरुद्ध भएको लुम्बिनी–रारा राजमार्गअन्तरर्गत जाजरकोटकोटको भेरी–२ का विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । 

    उक्त सडक खुलाउन पहल नभएको स्थानीयवासी पुष्प ओलीले बताए । रासस


    प्रतिक्रिया दिनुहोस