बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले सचिवालय बैठक बस्दै


    हुलाक प्रेस

    • मंगलबार, असार २५ २०८१०८:३८
    एमाले सचिवालय बैठक बस्दै
    फाइल तस्वीर

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

    बैठकमा गत सोमबार भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धी सहमतिबारे छलफल हुने बताइएको छ । त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए । 

    गत सोमबार एमाले र कांग्रेसबिच सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेर बहादुर देउवाले गर्ने सहमति भएको छ । 

    यसैबिच यही असार आठ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिँदै छन् । 


    प्रतिक्रिया दिनुहोस