शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध


    हुलाक प्रेस

    • मंगलबार, असार २५ २०८१११:५६
    मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

    बेलबारी मोरङ । मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको र अझ धेरै पानीपर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बूढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ । आज मध्याह्न १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस