बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रास्वपाले महामन्त्री ढकाललाई गर्यो कारवाही, साधरण सदस्य मात्र रहने


    हुलाक प्रेस

    • मंगलबार, असार २५ २०८१०३:४६
    रास्वपाले महामन्त्री ढकाललाई गर्यो कारवाही, साधरण सदस्य मात्र रहने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको सबै पदीय जिम्मेवारीबाट मुक्त गरेको छ । 

    मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले  ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्य समेत नरहने गरि निष्कासन गरेको हो ।

    ढकाल अब साधारण सदस्य मात्र रहने छन् । 

    असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो । सोही बमोजिम केन्द्रीय अनुशासन आयोगबाट असार २३ गते प्राप्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा गहन छलफल भएको  रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

    ‘केन्द्रीय समितिको छलफलका आधारमा ढकालबाट पार्टीको आचारसंहिताको दफा ४ को ९१० को क, ख, च, प र फ एवम् दफा चार २ को ९४०, दफा ९५० को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख ग र घ समेतको उल्लङ्घन भएको ठहर तथा सोबाट पार्टीलाई पुगेको क्षति समेतलाई विश्लेषण गर्दै केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६ को ९३० बमोजिमको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो,’ उनले भने ।


  • सम्बन्धित विषय:

  • # #raswapa
  • प्रतिक्रिया दिनुहोस