शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कास्कीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, असार २६ २०८१०९:२१
    कास्कीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

    काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कमला थापाकी २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कमलालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।

    आज बिहान करिब ४ बजेतिर घरमाथि पहिरो खस्दा उनीहरु पुरिएका थिए । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनीहरुलाई ७ बजेतिर उद्धार गरेको थियो ।

    घटनास्थलमा सशस्त्र प्रहरीको मालेपाटनस्थित कालिका गणको टोली पनि खटिएको छ ।


    प्रतिक्रिया दिनुहोस