शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा पठाउने आदेश


    हुलाक प्रेस

    • बुधबार, असार २६ २०८१०९:५५
    ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा पठाउने आदेश

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले ६० किलो सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका १६ जनालाई  पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ । साथै अदालतले ३ जनासँग धरौटी माग गरेको छ ।

    धादिङ सिद्धलेक–५ घर भएका राजु थापा भन्ने प्रेमनाथ सेढाईंसँग ५७ लाख र रूपक भण्डारीसँग ९६ लाख धरौटी माग गरिएको छ । काभ्रेको तेमाल गाएँपालिका घर भएका कान्छा लामासँग ९६ लाख धरौटी माग गरिएको छ ।

    दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका २० जना मध्येका सुशिल ज्याकिबन्जालाई मुद्दा नचलाउने निर्णय गरिएको थियो ।

    अदालतले १६ जनालाई थुनामा राख्न आदेश गरेको छ । भारतीय नागरिकहरू सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, धिरज दिनेश वैटे ‘दिनेश’, बैजनाथ ब्रम्हादत्त गोयल र प्रशान्त गणेश वजवलकारलाई अदालतले पुर्पक्षका लागी थुनामा पठाएको छ ।

    वीरगन्ज महानगरपालिका–१६ घर भएका सुरेन्द्रमान श्रेष्ठ, भक्तपुरका राजु खत्री, पेवेल नेपालका अध्यक्ष भीम प्रसाद तिमल्सिना, पेवेलका सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य र पेवेलका संचालक सुरज सम्शेर जबरालाई थुनामा राख्न आदेश गरिएको छ ।

    सजिलो पेका फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, चिनियाँ नागरिक कङ्का चासी ‘राजु भोटे’ सजिलो पे का कश्यप मानन्धरलाई थुनामा पठाइएको छ । जेके मनि ट्रान्सफरका लाल बहादुर कुँवर, पशुपति कन्सर्नका संचलक अरुण कुमार यादव पनि पुर्पक्षमा गएका छन् ।

    चिनियाँ नागरिक सोनाम गुरुङ र मनोजराज श्रेष्ठलाई पनि थुनामा राख्न आदेश भएको छ । उनीहरुलाई केन्द्रिय कारागार सुन्धारा चलान गरिएको सीआईबीका एकजना अधिकृतले जानकारी दिए । सुन तस्करीमा संलग्नहरुबारे सीआईबीले दोस्रो चरणको अनुसन्धान गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस