शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध


    हुलाक प्रेस

    • बिहीबार , असार २७ २०८१०७:४९
    मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध

    भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध भएको छ ।  

    सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए ।  

    पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए । 

    गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ । रासस


    प्रतिक्रिया दिनुहोस