शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोले घर पुरिँदा एक जनाको मृत्यु


    हुलाक प्रेस

    • बिहीबार , असार २७ २०८१०८:०२
    पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

    ढोरपाटन । वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एकजनाको मृत्यु भएको छ । 

    बागलुङ नगरपालिका–७ तितौरेमा गएराति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

    शर्मा घरमा एक्लै बस्दै आएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।  रासस


    प्रतिक्रिया दिनुहोस