बाराको जितपुर बस पल्टिँदा १३ जना घाइते भएका छन्।
बिहीबार बिहान जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित पसाहा पुल नजिकै बस दुर्घटना हुँदा १३ जना घाइते मध्य दुई जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका २ जनालाई तत्कालै उपचारको लागि उक्त गणको गाडीमा राखेर सिमरा अस्पताल लगिएको छ।
मलंगवाबाट वीरगंज जाँदै गरेको ना. ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त गाडीमा ३१ जना यात्रुहरू सवार थिए।