शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • 'रेकर्ड ब्रेक' गर्ने वर्षाबारे अध्ययन गर्न विज्ञ टोली खटाइयो


    हुलाक प्रेस

    • बिहीबार , असार २७ २०८११०:०८
    'रेकर्ड ब्रेक' गर्ने वर्षाबारे अध्ययन गर्न विज्ञ टोली खटाइयो

    काठमाडौं । कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न विज्ञ टोली खटाएको छ । विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा आज टोली कञ्चनपुर गएको हो । 

    कँडेलका अनुसार कञ्चनपुरको वर्षा मापन केन्द्रको अवस्था, वस्तुस्थिति तथा प्राविधिक पक्षको अध्ययन गरिने छ । कतिपय अवस्थामा वास्तविकतामाथि प्रश्न उठेकाले वास्तविक के कस्तो हो, यन्त्र उपकरण ठिक छ छैनलगायत सबै विषयमा अध्ययन गरिने उनले बताइन् । 

    अध्ययनका क्रममा त्यस क्षेत्रको क्षतिको अवस्थासहित स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय तथा सरकारी अधिकारीसँग जानकारी लिइने जनाइएको छ । पानी पर्दाको अवस्थामा स्थानीयको अनुभव पनि लिइने जनाइएको छ ।

    कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुर क्षेत्रमा यही असार २३ र २४ गते परेको मुसलधारे वर्षाले ७८ वर्षकै रेकर्ड ब्रेक गरेको थियो ।

    विभागले राखेको स्वचालित वर्षा मापन केन्द्रमा २००३ सालयताकै बढी वर्षा मापन भएको थियो । विभागबाट प्राप्त विवरणअनुसार दोधारामा ६२४ मिलिमिटर, हनुमाननगरमा ५७३,६ मिलिमिटर तथा सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा मापन गरिएको थियो । रासस


    प्रतिक्रिया दिनुहोस