शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भद्रकाली मन्दिरलाई नेवारी शैलीमा निर्माण गर्दै काठमाडौं महानगर


    हुलाक प्रेस

    • बिहीबार , असार २७ २०८११०:३१
    भद्रकाली मन्दिरलाई नेवारी शैलीमा निर्माण गर्दै काठमाडौं महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ०७२ सालको भूकम्पले जीर्ण अवस्थामा रहेको भद्रकाली मन्दिरलाई नेवारी शैलीमा निर्माण गर्ने भएको छ । महानगरका मेयर बालेन शाहले 'विदेशी शैली हटाएर परम्परागत नेवारी शैलीमा' मन्दिरको निर्माणको काम थालिएको जनाएका छन् ।

    "मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन् । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ दुईवटा 'ब्लक' आपसमा जोडिएका हुनेछन् । यस्तै, दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) तीनवटा ब्लक हुनेछन् । यिनीहरू पनि आपसमा जोडिएका हुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ," बालेनले बिहीबार बेलुका फेसबुकमार्फत भनेका छन् ।

    स्थानीय र पुरातत्त्व विभागले मन्दिरलाई बेलायती शैलीमै बनाउन माग गरे पनि आफूहरूले परम्परागत नेवारी शैलीमा बनाउने अडान लिएको उनको दाबी छ । "यो सुरुवात हो, हाम्रो परम्परागत शैलीमा फर्कने," उनले भनेका छन् ।


    प्रतिक्रिया दिनुहोस