शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नारायणगढ-मुग्लिन सडकमा पहिरोले दुई यात्रुबाहक बस बगायो


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८१०६:३८
    नारायणगढ-मुग्लिन सडकमा पहिरोले दुई यात्रुबाहक बस बगायो

    काठमाडौं । नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान चार बजे पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् । उद्धारमा प्रहरी परिचालन भएकाले घटनाको थप विववरण आउन बाँकी छ ।

     


    प्रतिक्रिया दिनुहोस