शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नारायणी नदीमा जलसतहले पार गर्‍यो सतर्कता तह


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८१०७:०६
    नारायणी नदीमा जलसतहले पार गर्‍यो सतर्कता तह

    काठमाडौं । नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । देवघाट जलमापन केन्द्रमा जलसतह ७.३ मिलिमिटरभन्दा माथि पुगेको छ । 

    बाढी बढ्दो क्रममा रहेकाले चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

    यसैबीच, मकवानपुर जिल्लास्थित लालबकैया खोलाले पनि जलसतह पार गरेको छ । जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । 

    बाढी बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बस्नेलाई दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 


    प्रतिक्रिया दिनुहोस