शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८१०७:३७
    घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध
    फाइल तस्वीर

    काठमाडौं । भारी वर्षाले घाँसिकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको व्यास नगरपालिका- १२ घाँसिकुवामा सडकमाथिबाट पहिरो खसेको हो ।

    अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी दीपककुमार रायले बताए।’सडक खुलाउने प्रयास भैरहेको छ । ठूलो पहिरो खसेकाले समय लाग्छ’, उनले भने । भारी बर्षापछी बुल्दी तनहुँको बुल्दीखोलामा आएको बाढिले विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ ।

    व्यास नगरपालिका-२ स्थित केराघारी, मालेबगर, व्यास-४ को तल्लो सिमलटार र व्यास-१ को करङकाठ बसपार्क क्षेत्रमा राति २ बजेतिर बस्तीमा बुल्दि खोला पसेपछि भागभाग भएको थियो ।

    घरको तल्लो तलाका सामनसमेत बाढिले बगाएको जनाइएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।


    प्रतिक्रिया दिनुहोस