शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नारायणगढ-मुग्लिन खण्डमा २ वटा बस पुरिएको स्थान(तस्वीरहरु)


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८१०९:३३
    नारायणगढ-मुग्लिन खण्डमा २ वटा बस पुरिएको स्थान(तस्वीरहरु)

    काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई बगाएर त्रिशूली नदीमा खसालेको छ ।

    बससहित यात्रुहरु बेपत्ता छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल क्षेत्रमा सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

    वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।

    रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसका तीन जना यात्रुहरुले पनि हामफालेर ज्यान जोगाएका छन् ।

    घटनास्थलका तस्वीरहरू  (सबै तस्वीरहरू : एपीएफबाट)

    Chitwan landslide rescue apf 5.jpg
    Chitwan-landslide-rescue-apf-9.jpg
    Chitwan-landslide-rescue-apf-11.jpg

    Chitwan landslide.jpg

     


    प्रतिक्रिया दिनुहोस