शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सिमलताल पहिरोमा परेको एन्जल डिलक्स बसमा चालकसहित थिए २४ यात्रु


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८११०:२४
    सिमलताल पहिरोमा परेको एन्जल डिलक्स बसमा चालकसहित थिए २४ यात्रु

    काठमाडौं । गएराति चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बसमा चालकसहित २४ जना यात्रु रहेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए ।

    वीरगञ्जदेखि काठमाडौंका लागि छुटेको प्रदेश ०३००६ ख १५१६ नं. को बस आज बिहान चितवनको सिमतालमा पहिरोमा परेको थियो । बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने एकीन भइसकेको छैन ।

    चालक जवाहिर महताले हाँकेको उक्त बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो ।


    प्रतिक्रिया दिनुहोस