बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुन हालसम्मकै महङ्गो, आज कति पुग्यो बजार भाउ ?


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८११०:५४
    सुन हालसम्मकै महङ्गो,  आज कति पुग्यो बजार भाउ ?

    काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । अघिल्लो दिन ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत असार २३ गते सुनको मूल्य हालसम्म महङ्गो भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो ।  

    अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँ कायम थियो ।  

    आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस