बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वभरका आईफोन ह्याक हुनसक्ने, चेतावनी दिदैं एप्पलले पठायो ९८ देशमा यस्तो मेल


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८१११:०२
    विश्वभरका आईफोन ह्याक हुनसक्ने, चेतावनी दिदैं एप्पलले पठायो ९८ देशमा यस्तो मेल

    काठमाडौं । आईफोन निर्माता कम्पनी एप्पलले आईफोनमा पैगासस जस्ता स्पाइवेयर आक्रमणको जोखिम रहेको जनाएको छ । एप्पलका अनुसार आईफोन प्रयोगकर्तालाई ‘मर्सनरी स्पाइवेयर’मार्फत टार्गेट बनाइदैछ । यसको माध्यमबाट आईफोनमा एक्सेस गर्ने प्रयत्न भईरहेको छ ।  

    यस विषयमा एप्पलले ‘मर्सनरी स्वाइवेयर’को सम्भावित जोखिममा रहेका विश्वका ९८ देशका प्रयोगकर्तालाई चेतावनी दिदै मेल पठाएको छ । यो स्वाइवेयर इजरायलको एनएसओ ग्रुपको पेगासस जस्तै हो । यसको मुख्य उदेश्य डिभाइसमाथि अनअथराइज्ड एक्सेस प्राप्त गर्नु हो ।  

    मर्सनरी स्पाइवेयर आक्रमणकारीले धेरै कम संख्यामा केहि विशेष व्यक्ति र उनीहरुको डिभाइसलाई टार्गेट गर्नका लागि अधिक स्रोतको प्रयोग गर्ने गर्छन् । यस्तो स्पाईवेयर आक्रमणको मूल्य लाखौं डलर हुने गर्छ । यस्ता आक्रमणकारीको पत्ता लगाउनु र उनीहरुलाई रोक्नु धेरै नै कठिन हुने गर्छ ।  

    एप्पलले स्पाईवेयर आक्रमणको विषयमा यस वर्ष मेल पठाएको यो दोस्रोपटक हो । यसअघि गत अप्रिल ११ मा पनि कम्पनीले ९२ देशका आईफोन प्रयोगकर्तालाई यस्तो चेतावनिपूर्ण मेल पठाएको थियो ।  -एजेन्सी 


    प्रतिक्रिया दिनुहोस