बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेसको प्रस्टोक्ति- संविधान संशोधन पश्चगमन होइन, अग्रगमन हो


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८१०२:१५
    कांग्रेसको प्रस्टोक्ति- संविधान संशोधन पश्चगमन होइन, अग्रगमन हो

    काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन पश्चगमनका लागि नभइ अग्रगमनका लागि भएको दाबी गरेको छ । पार्टीको तर्फबाट शुक्रबार प्रतिनिधि सभामा बोल्दै प्रमुख सचेतक समेत रहेका लेखकले संविधान संशोधनको विषयलाई काल्पनिक भाष्य स्थापना गरेर व्याख्या नगर्न आग्रह गरे । 

    ‘संविधान निरन्तर रुपमा चलायमान हुने दस्तावेज हो। संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सवल र दुर्लभ पक्ष हेरेर संविधानको समीक्षा गर्ने, के कमजोर पक्ष देखिएका छन् । संविधानको आवश्यक्ता अनुसार कानुनको परिमार्जन र संशोधन गर्ने भनिएको हो,’ उनले भने । 

    साथै, उनले संविधानलाई थप सम्मुनत बनाउन संशोधनको विषय अघि सारिएको बताए । ‘संविधानको संशोधन भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्न भनिएको हो । यो पश्चगमन होइन, अग्रगमनका लागि संविधानलाई थप सम्मुनत बनाउन गरिने भएको हो,’ लेखकले भने ।


    प्रतिक्रिया दिनुहोस