शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • अझै भेटिएन बेपत्ता बस, धमिलो पानीका कारण खोजिमा कठिनाइ


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८१०४:४३
    अझै भेटिएन बेपत्ता बस, धमिलो पानीका कारण खोजिमा कठिनाइ

    काठमाडौं । गए राति चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ ।

    त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार ‍खोजीकार्य जारी छ ।

    बेपत्ता बसको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

    सिमलतालको पहिरोमा परी वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति लेखिएको वाग्मती प्रदेश ०३–०११ ख २४९५ बेपत्ता भएको थियो ।

     


    प्रतिक्रिया दिनुहोस