बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रचण्ड सरकार ढल्यो, पाँचौ पटकमा पाएनन् विश्वासको मत


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८१०५:२६
    प्रचण्ड सरकार ढल्यो, पाँचौ पटकमा पाएनन् विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएका छन् । 

    शुक्रबार प्रतिनिधिसभा बैठकमा राखिएको विश्वासको मतको पक्षमा ६३ मत परेको थियो । विपक्षमा १९४ मत परेको थियो भने एकजना सांसद तटस्थ बसे । प्रतिनिधिसभामा विश्वासको मत पाउनका लागि १६८ मतको आवश्यकता पर्छ । 

    सो मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको छ ।  १८ महिनाको अवधिमा उनले पाँचौंपटक विश्वासको मत लिए ।  अब नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछन् । 

    नेपाली कांग्रेस र नेकपा एमालेले असार १७ गते सत्ता सहकार्यको सहमति गरेका थिए । जसअनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने नेताहरु बताउँछन् । 

     


    प्रतिक्रिया दिनुहोस