बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ओलीलाई समर्थनसहितको पत्र राष्ट्रपति कार्यालय पठाउँछौँ- प्रकाशशरण महत


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८१०५:५६
    ओलीलाई समर्थनसहितको पत्र राष्ट्रपति कार्यालय पठाउँछौँ- प्रकाशशरण महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गत असार १७ गते मध्यराति भएको समझदारी अनुसार केपी शर्मा ओली नेतृत्वमा सरकार दाबी गर्दै राष्ट्रपति कार्यालयमा पत्र बुझाउने बताएका छन् । 

    शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘हामीले अहिले ओलीजीलाई समर्थन गर्नेछौँ। त्यसमा हामी प्रतिवद्ध छौँ, त्यही अनुसार हाम्रो पत्र राष्ट्रपतिकोमा जान्छ,’ उनले भने । 

    साथै, उनले कुनै व्यापारीको घरमा बसेर एमाले–कांग्रेसबीच समझदारी भएको भन्ने विषय निराधार रहेको बताए । ‘यो गलत हो। भ्रमपूर्ण हो। निराधार हो। कपोकल्पित हो,’ सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भने । 

    धारा ७६ (२) अनुसार नयाँ सरकार बनाउन समस्या नहुने उनले बताए । 


    प्रतिक्रिया दिनुहोस