काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । शुक्रबार बेलुका शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष ओलीसहित दुई दलका नेताहरु शीतलनिवास पुगेर दाबी पेस गरेका हुन् ।
ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
“राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नुभयो, हामीले दाबी पेस गरेर बाहिरियौँ । अब नियुक्ति कहिले हुन्छ हामी भन्न सक्दैनौँ,” बर्तौलाले भने ।