शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भारतले जलविद्युत्को परियोजनाको बाँध खोल्दा महाकालीमा बाढीको सम्भावना


    हुलाक प्रेस

    • शनिबार, असार २९ २०८१०६:१५
    भारतले जलविद्युत्को परियोजनाको बाँध खोल्दा महाकालीमा बाढीको सम्भावना

    काठमाडौं । भारतले धौलीगंगा जलविधुत् परियोजनाको बाँध खोल्दा महाकाली नदीमा बाढीको सम्भावना रहेको छ । 

    आज बिहान ६ बजेदेखि भोलिसम्म सिल्ट सरसफाइ कार्यका लागि बाँधको ढोका खोलिने भारतको एनएचपीसी लिमिटेडले जनाएको छ । 

    जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकालीमा जलसतह बढ्ने भएकाले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउा आग्रह गरेको छ । 

    जल तथा मौसम विज्ञान विभागले पनि उक्त तटीय क्षेत्रमा बाढीको सम्भावना रहेकाले सावधानी अपनाउन सचेत गराएको छ । 


    प्रतिक्रिया दिनुहोस