शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • अनलाइन ठगी गर्ने महिला पक्राउ


    हुलाक प्रेस

    • शनिबार, असार २९ २०८१०१:०१
    अनलाइन ठगी गर्ने महिला पक्राउ

    दमौली (तनहुँ) । २९ असार स् जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत् ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।

    निजले तनहुँको व्यास नगरपालिका–१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर रु पाँच लाख ठगी गरेकी थिइन् । 

    पक्राउ परेकी थापा विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । 
    रासस


  • सम्बन्धित विषय:

  • # #crime
  • # #onlinecrime
  • प्रतिक्रिया दिनुहोस