शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नारायणीमा दुई शव फेला


    हुलाक प्रेस

    • शनिबार, असार २९ २०८१०७:३३
    नारायणीमा दुई शव फेला

    नवलपुर । नारायणी नदी किनारमा शनिबार दिउँसो दुई शव भेटिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७, गैरीस्थित नारायणी नदीमा दुई पुरुषको शव फेला परेको हो ।

    नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो करिब ३ः३० बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

    नदीले बगाएर ल्याएको अन्दाजी २५–३० वर्षको पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी गराएपछि प्रहरी त्यहाँ पुगेको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वमा खटिएको पाँचजनाको टोलीले अर्को शव पनि फेला पारेको पौडेलले बताए ।

    पहिलो भेटिएको भन्दा करिब १० फिटको दूरीमा अन्दाजी १८–२० वर्षको देखिने अर्का पुरुषको शव फेला परेको र प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए ।

    शव चितवनको भरतपुर महानगरपालिका–२७, सिमलतालमा पहिरोका कारण शुक्रबार बेपत्ता बसका यात्रुको हुन सक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको उनले बताए । रासस


    प्रतिक्रिया दिनुहोस