शुक्रबार नारायणगढ-मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका बस र यात्रु खोज्ने क्रममा मृत भेटिएका पुरूषको पहिचान खुलेको छ।
मृत पुरुष सर्लाहीको बरहथवा- ३ घर भएका रमितकुशर माझी रहेको चितवन प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार उनका बुबा रवीन्द्र कुशर माझीले उनी आफ्नो १९ वर्षीय छोरा रहेको भनी सनाखत गरेको जानकारी दिएको छ।
भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो।