बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त


    हुलाक प्रेस

    • आइतबार, असार ३० २०८१०५:३८
    केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

    काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् ।

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

    शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस