बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ आज


    हुलाक प्रेस

    • सोमबार, असार ३१ २०८१०६:५५
    नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ आज

    काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ सोमबार हुँदैछ । शपथ सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहेका ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।


    प्रतिक्रिया दिनुहोस