शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भोटेकोसी र इन्द्रावतीमा बाढी,सचेत रहन आग्रह 


    हुलाक प्रेस

    • सोमबार, असार ३१ २०८१०७:०८
    भोटेकोसी र इन्द्रावतीमा बाढी,सचेत रहन आग्रह 

    काठमाडौं । भोटेकोसी नदीले सतर्कता तह पार गरेको छ । सिन्धुपालचोकस्थित भोटेकोसी नदी, बाह्रविसे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    जससतह बढ्दो क्रममा रहेकाले उक्त नदीको तटीय क्षेत्रमा रहनेहरूलाई बिहान ८ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । 

    इन्द्रावती यांग्री नदीमा पनि बाढी आएको छ । जल मापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको र थप बढ्नसक्ने सम्भावना रहेको विभागले बताएको छ । 

    तल्लो नदी तटीय क्षेत्रमा रहनेहरूलाई बिहान ८ बजेसम्म उच्च सावधानी अपनाउन विभागले सचेत गराएको छ । 


    प्रतिक्रिया दिनुहोस