बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राजनीतिक स्टन्टको तापक्रम घटाउन बाइडेनको आग्रह


    हुलाक प्रेस

    • सोमबार, असार ३१ २०८१०७:४२
    राजनीतिक स्टन्टको तापक्रम घटाउन बाइडेनको आग्रह

    वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राजनीतिक तापक्रम घटाउन अमेरिकीहरूलाई आग्रह गरेका छन् ।
     
    ओभल अफिसबाट राष्ट्रका नाममा आइतबार (नेपाली समयअनुसार आज बिहान) सम्बोधन गर्दै बाइडेनले पेन्सिलभानियाको र्यालीमा शनिबार भएको गोली काण्डले कदम पछाडि हटाउन आग्रह गरेको जनाएका छन् ।

    उनले हिंसा कहिले पनि जवाफ हुन नसक्ने जनाउँदै अमेरिकामा कुनै पनि हिंसालाई स्थान नभएको बताएका छन् । देश राजनीतिक बयानबाजीका कारण तातेको जनाउँदै यसलाई शान्त गर्न सबैमा आग्रह गरेका छन् ।

    बाइडेनले राष्ट्रिय एकताका लागि आग्रह गर्दै गएको शनिबारको गोलीकाण्डमा मारिने दर्शकदीर्घाका व्यक्तिलाई हिरो भन्दै सम्बोधन गरेका छन् । उनले डोनाल्ड ट्रम्पलाई सुस्वास्थ्यको कामना गर्दै शनिबारको गोली काण्डको पुनःनिन्दा गरेका छन् । 

    बाइडेनले राजनीतिक गतिविधि शान्तिपूर्ण रूपमा हुनुपर्ने समेत जनाएका छन् । बीबीसी


    प्रतिक्रिया दिनुहोस