बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढायो


    हुलाक प्रेस

    • सोमबार, असार ३१ २०८१०८:३०
    कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढायो

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

    जसअनुसार बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६.२९८५ प्रतिशत कायम गरेको छ । व्यक्तिगततर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर  लागि ४.२५५१ ,६ महिनाका लागि ४.५५१ प्रतिशत तोकिएको छ ।  

    त्यस्तै, ६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत तोकिएको छ । १ वर्षदेखि ५ वर्षसम्मका लागि ६.२९८५ प्रतिशत ब्याजदर तोकेको छ ।  

    बैंकले संस्थागत निक्षेपको ब्याजदर ६ महिनादेखि ५ वर्षसम्मका लागि ४.०१०० प्रतिशत र उक्त अवधिका बिडिङ्गका लागि भने ४.५१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।


    प्रतिक्रिया दिनुहोस